Connect with us

मनोरञ्जन

६० वर्षको उमेरमा आशिष विद्यार्थीले गरे दोस्रो विवाह

Published

on

बलिउड क्षेत्रमा खलनायकको भूमिका निभाएको कारण चर्चित आशिष विद्यार्थीको बारेमा बलिउड उद्योगमा एउटा खबर बाहिर आएको छ। वास्तवमा आशिषले ६० वर्षको उमेरमा विवाह गरेका छन्। आशिषले असममा बस्ने रुपाली बरुआसँग विवाह गरेका हुन्।

रुपाली पेशाले फेसन डिजाइनर हुन्। यी जोडीले गत बिहीबार नजिकका साथीभाइको उपस्थितिमा अदालती विवाह गरेका थिए।  यो दोस्रो विवाह हो। उनकी पहिलो पत्नीको नाम राजोशी विद्यार्थी हो। यो विवाहबाट दुवैको एक सन्तान छन्।

आशिष र रुपालीको तस्बिर सामाजिक सञ्जालमा आए लगत्तै भाइरल बनेको छ । यो तस्बिरलाई लिएर फ्यानहरूले निकै प्रतिक्रिया दिइरहेका छन् । आशिषले ११ भन्दा बढी भाषामा फिल्ममा काम गरिसकेका छन्। मानिसहरूले उनलाई खलनायकको रूपमा बढी चिन्छन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending