Connect with us

मनोरञ्जन

के पल लाइ फिल्मको अभाव भएको हो र ? अभिनेता पल आफै फिल्म बनाउँदै, दिनेश राउलाई निर्देशकको प्रस्ताव

Published

on

पछिल्लो समयमा अभिनेता जेल जीवनमाबाट मुक्त भएसँगै म्युजिक भिडियोमा व्यस्त छन् । केही समय पहिले अभिनेताले अहिले आफ्नै लगानीमा म्युजिक भिडियो खेले पनि उनलाई कुनै फिल्मको प्रस्ताव नआएको खबरहरू आएका थिए।

अभिनेता पल शाह जेलमा हुँदा केही फिल्म साइन गरेको साथै फिल्मको स्क्रिप्ट पढ्दै गरेको खबर पनि सार्वजनिक भएका थिए। तर अहिले अभिनेता जेल मुक्त भएको यतिका समय बित्दा पनि कुनै निर्देशकले अभिनेतालाई फिल्मको प्रस्ताव गरेका छैनन्।

अहिले खबर अनुसार अभिनेता पल शाहलाई कुनै निर्देशकले फिल्म अफर गर्न भन्दा पनि अभिनेताले पल शाहले आफ्नो फिल्मलाई निर्देशन गर्नको लागि निर्देशक दिनेश राउलाइ प्रस्ताव गरेको खबर सार्वजनिक भएको छ। तर दिनेशले भने पलको फिल्म गर्ने वा नगर्ने विषयमा केही बोलेका छैनन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending