Connect with us

मनोरञ्जन

विक्की कौशललाई सलमान सँग मिल्न उनका सुरक्षा गार्डले रोके, सलमानले पनि गरे बेवास्ता !

Published

on

बलिउड क्षेत्रको आइफा २०२३ अबु धाबीको यास आइल्याण्डमा भएको थियो। यस कार्यक्रममा बलिउडका ठूला स्टारहरू पुगेका थिए। अभिषेक बच्चनसँगै विक्की कौशलले कार्यक्रम सञ्चालन गरेका थिए। बलिउडका दबंग सलमान खान पनि कडा सुरक्षाबीच कार्यक्रममा पुगेका थिए।

यस बिचको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा विक्की सलमानसँग कुरा गर्न खोजिरहेका छन् तर सलमानको सुरक्षामा खटिएका व्यक्तिले उनलाई रोकेका छन्। भिडियोमा सलमान खानले विक्कीलाई बेवास्ता गरेको पनि देखिन्छ।

सो कार्यक्रमको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। जसमा विक्की कौशल फ्यानसँग सेल्फी खिचिरहेको देख्न सकिन्छ, जब सलमान आफ्नो सुरक्षाले घेरिएको अर्को तर्फबाट आउँछन् र सलमानका अंगरक्षकहरूले अभिनेता विक्कीलाई पछाडि धकेल्न थाल्छन्।

यति मात्र होइन विक्कीले सलमानसँग कुरा गर्न खोज्छन्, तर खान उनको कुरालाई खासै ध्यान नदिई अगाडि बढ्छन् र उनका अंगरक्षकले विक्कीलाई रोक्न खोज्छन्। यो भिडियोले अहिले सबैलाई छक्क पारेको छ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending