Connect with us

मनोरञ्जन

निरन्तर माइती देश आउने विपनाको चाहना, चलचित्र मात्र होइन अब म्युजिक भिडिओमा पनि काम गर्ने !

Published

on

काठमाडौँ – विवाहपछि भारत बस्दै आएकी अभिनेत्री विपना थापाले नेपाली चलचित्र क्षेत्रमा कम्ब्याक गर्ने भएकी छन्। लामो समय देखि नेपाली चलचित्र क्षेत्र देखि टाढा रहेकी विपनाले कम्ब्याक गर्ने बताएकी हुन्। बिहिबार नेपाल आइपुगेकी विपनाले आफू अब कम्ब्याक गर्ने योजनामा रहेको बताइन्।

त्रिभुवन विमानस्थलमा ओर्लिएकी थापाले सञ्चारकर्मीसँग कुराकानी गर्नेक्रममा उनले अब निरन्तर चलचित्रमा काम गर्ने आयो योजना रहेको सुनाइन्। उनले ६ वर्षपछि नीता ढुंगानाले निर्माण गर्न लागेको चलचित्र ‘ह्रस्वदीर्घ’बाट कमब्याक गर्दैछिन्। सो चलचित्र बाहेक अन्य चलचित्रको पनि अफर आइरहेको र चित्त बुझ्दो भूमिका भए थप चलचित्रमा पनि काम गर्ने उनको योजना छ।

“म अब साँच्चिकै चलचित्र गर्ने हो । निताको चलचित्र साईन गरिसकेँ । ह्रस्वदीर्घ अगस्टदेखि सुटिङ हुँदैछ । एक-दुईवटा थप चलचित्रबाट अफर आइरहेको छ। सुहाउँदो भूमिका पाएँ भने अरु चलचित्र पनि अवश्य गर्नेछु । अर्वाडको लागि आएकी छु । राम्रो-राम्रो म्युजिक भिडिओको अफर आयो भने त्यो पनि गर्छु।”,नायिका थापाले भनिन्।

यस्तै उनले आफ्नो छोरा ठूलो हुँदै गएका कारण अब चलचित्रमा काम गर्न गार्हो नहुने पनि उनले बताइन्। अब निरन्तर काम गर्ने उनको योजना रहेको छ। उनले भनिन्,”छोरा ठूलो भइसक्यो । १३ वर्षको भइसक्यो । जिम्मेवारीहरु छन् तर बच्चा सानो हुँदा जस्तो गाह्रो हुँदैन । उ अब आफ्नो ख्याल आफैं गर्ने भइसकेको छ । त्यसैले अहिले म फ्रीजस्तै छु । अब फिल्ममा निरन्तर काम गर्ने हो।”

सञ्चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा उनले नेपाल आफ्नो माइती रहेको र माइतीको सधैं माया लाग्ने बताउन पनि छुटाइनन्। पहिला वर्ष दिनको अन्तराल पछि मात्र नेपाल फर्किने गरेको भएपनि अब भने महिना महिनाको अन्तरालमा नेपाल आउने उनको योजना छ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending