Connect with us

मनोरञ्जन

६० वर्षको उमेरमा आशिषले बिहे गर्दा जेठी श्रीमती मख्ख, दिइन् यस्तो प्रतिक्रिया !

Published

on

एजेन्सी – दिग्गज भारतीय कलाकार आशिष विद्यार्थी यति बेला चर्चामा छन्। ६० वर्षको उमेरमा विवाह गरेसंगै आशिष विद्यार्थी चर्चामा आएका हुन्। उनले ६० वर्षको उमेरमा असमकी रुपाली बरुआसँग विवाह गरेका छन्। दोस्रो विवाहको रुपमा आफूले रुपालीसँग विवाह गरेको खुलासा गरेसंगै सामाजिक संजाल देखि मिडिया सम्ममा उनकै चर्चा छ।

आफ्नो दमदार अभिनयका लागि पहिचान भएका अभिनेता आशिषले ६० वर्षको उमेरमा विवाह गरेर धेरैलाई चकित पारेका छन्। उनले हिन्दी चलचित्रहरुमा मात्र काम नगरी तेलुगू, तमिल, कन्नड, मलयालम र बङ्गाली चलचित्रहरुमा पनि काम गरेका छन्। आशिषले रुपालीसँग बिहीबार कानुनी विवाह गरेसंगै आफ्ना प्रशंसकहरुलाई आफ्नो दोस्रो विवाह बारे जानकारी गराएका थिए।

उनले दोस्रो विवाह गरेको खबर बाहिरिएसंगै यति बेला धेरैले उनकी पहिलो श्रीमती को थिइन् भन्ने जान्न चाहिरहेका छन्। आशिषकी पहिलो श्रीमती राजोशी बालोवा रहेकी छन्। राजोशी एक चर्चित अभिनेत्री, गायिका र थिएटर कलाकार हुन्। राजोशी चर्चित अभिनेत्री शकुन्तला बरवाकी छोरी रहेकी छन्।

आशिषले दोस्रो विवाह गरेकोमा राजोशी धेरै खुशी छिन्। एक कुराकानीका क्रममा उनले आफूलाई आशिषले धोका नदिएको र उनले अर्को साथी पाएकोमा आफूलाई धेरै खुशी लागेको बताइन्। आशिषले आफूलाई नयाँ साथी चाहिएको महसुस गरेर विवाह गर्दा आफूलाई धेरै खुशी लागेको उनको भनाई छ।

“मानिसहरूले हाम्रो बारे जे जति टिप्पणी गरिरहेका छन्, त्यो देखेर म त पागल हुन्छु जस्तै लागिरहेको छ । यो त राम्रो भएन नि । आशिषले मलाई कहिल्यै धोका दिएनन् । उनले दोस्रो विवाह गर्न चाहेका रहेछन् भनेर मानिसले सोचिरहेका होलान् । तर यो पूर्णतया गलत हो। मलाई विवाह गर्नु पर्दैन । मलाई इच्छा भएको भए, गरिसक्थेँ । यो मेरो आवश्यकतामा पर्दैन । उनलाई पार्टनर चाहिएको थियो । मानिसलाई उनको आवश्यकताका कारण झुन्ड्याउन त सकिँदैन नि । उनले कोही भेटे, त्यो त राम्रो कुरा भयो नि ।”,उनले एक अन्तर्वार्ताको क्रममा भनिन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending