मनोरञ्जन
वर्षा शिवाकोटीको चलचित्रले पानी भन्न पाएन, चलचित्र आएको र गएकै भएन पत्तो !

काठमाडौँ – नेपाली अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र सुटुक्क रिलिज भयो र सुटुक्क नै हलबाट बाहिरियो। दर्शकको साथ पाउन नसकेसंगै सुटुक्क रिलिज भएको वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘ए साथी सुन’ हलबाट बाहिरिएको हो।
गत साता रिलिज भएको ‘ए साथी सुन’ चलचित्र हलहरुमा केहि दिन पनि राम्रोसँग टिक्न सकेन। एक साता पनि नटिक्दै चलचित्र हलबाट उत्रिसकेको छ। चलचित्रले तेस्रो दिन देखि नै शो पाउन छाडेको थियो।
हुन त चलचित्र रिलिज भएको जानकारी नै वर्षाले सामाजिक संजालबाट दिइनन्। लाखौं फलोवर्स भएपनि उनले आफ्नो चलचित्रको जानकारी सामाजिक संजाल मार्फत दिन खोजिनन्। न त उनी चलचित्रको प्रमोशनमै जुटिन्।
यस चलचित्र फुत्त आएर फुत्त बेपत्ता भएपनि वर्षाले आगामी चलचित्रबाट भने राम्रो अपेक्षा गरेकी छन्। अब आगामी कात्तिक ३ गते उनको नयाँ चलचित्र ‘परदेशी २’ आउने तय भएको छ। परदेशी सफल चलचित्र भएकाले परदेशी २ पनि सफल हुने अपेक्षा निर्माण पक्षले गरेको छ। ‘ए साथी सुन’को प्रचारमा चासो नै नदिएपनि वर्षाले परदेशी २ को प्रचारमा भने राम्रै समय खर्च गर्ने लगभग पक्का छ।
-
Uncategorized9 months ago
5 Real Madrid superstars including Benzema could be leaving if Carlo gets sacked
-
Uncategorized8 months ago
Messi-Neymar-Mbappe: Who is the best player at PSG right now ?
-
Uncategorized8 months ago
Ranking top 5 contenders for Ballon d’Or 2023 [February 2023]
-
Uncategorized8 months ago
Lionel Messi regrets one historic moment during FIFA World Cup 2022, reveals himself.
-
Uncategorized9 months ago
These five Premier League players are on best form
-
Uncategorized8 months ago
3 reasons why Barcelona will snatch the league title from Real Madrid this season
-
Uncategorized9 months ago
World cup winning coach Scaloni revealed the country he wants to coach apart from Argentina
-
Uncategorized8 months ago
A month to suffer for liverpool ! What’s in the bag ?