मनोरञ्जन
निराले कसरी चिन्नु ज्यान लिन आएका दानवलाई, गरेकी थिइन् चिया अफर ! तर …

काठमाडौँ – गत वैशाख ७ गते कपनस्थित सरस्वतीनगरमा निरा पाण्डे आचार्यको विभत्स ज्यान लिइयो। उनको ज्यान लिने झापाको मेचिनगर–१० का ३५ वर्षका विनोद विश्वकर्मा थिए। उनलाई हत्याको १० दिनपछि प्रहरीले पक्राउ गरेको थियो।
यस घटनामा पक्राउ परेका विश्कर्माविरुद्धको अनुसन्धान सकिएर जिल्ला अदालत काठमाडौंमा कर्तव्य ज्यान तथा डाँका कसुरमा मुद्दा दायर गरिएको छ। उनले निराको ज्यान आफूले लिएको स्वीकार गरिसकेका छन्। विश्कर्माले दिएको बयान अनुसार घटना घटाएको दिन उनी घरबाट लुट्ने योजना सहित नै निस्किएका थिए।
पसलमा सामान किन्ने निहुँमा भित्र प्रवेश गरी हेर्दा गलामा सुनको सिक्री देखेपछि उनले लुटपाटको योजना बनाएका थिए। आफूले रेष्टुरेन्ट खोल्न लागेको, सामान चाहियो भनि प्लेट, कप, थर्मस, हटकेस लगायतका सामानहरु निकाली प्याक गर्न लगाएको बयान विश्वकर्माले दिएका छन्।
विश्वकर्मा पसलमै रहेको अवस्थामा एक जना बालक र एक जना बालिकाले चिया ल्याई आए पछि साहुनी निरा पाण्डे आचार्यले विश्वकर्मालाई चिया अफर पनि गरेकी थिइन्। तर उनले चिया नखाने जवाफ दिएपछि निराले चिया पिएकी थिइन्। उनले चिया पिउँदा बच्चाहरु पसलमै थिए। त्यसपछि उनी एक छिनमा आउँछु भनेर पसलबाट निस्किए। पसलबाट बाहिर निस्की साईडमा गई चुरोट खाई अन्दाजी ५/६ मिनेटपछि पुनः पसलमा जाँदा निरा एक्लै देखेपछि घटना घटाए।
यस्तो छ विश्वकर्माको बयान
पैदल हिड्दै जडिबुटी चोकसम्म आई उक्त स्थानबाट बिहान अन्दाजी साढे ११ बजे तिर भाडाको बस चढि चाबहिल केएल टावर नजिक पासाङ ल्हामुको सालिक भएको चोकमा बसबाट झरेँ। भित्री गल्लिहरुमा कोही कसैको धनमाल लुटपाट गर्न सकिन्छ कि भनि हेर्दै घुमफिर गर्दै दिउँसो अन्दाजी साढे दुई बजे तिर घटनास्थल रहेको स्थान कपन सरस्वतीनगरमा पुग्दा सो स्थानमा पछि नाम, थर सुनि थाहा भएकी निरा पाण्डे आचार्यलाई भाँडा पसल भित्र एक्लै देखेँ।
पसलमा सामान किन्ने निहुँमा भित्र प्रवेश गरी हेर्दा उनको गलामा सुनको सिक्री समेत देखेको र पसल पनि ठुलै भएकोले कारोबारको रकम पनि ठुलै होला भन्ने सोची यहि लुटपाट गर्नुपर्छ भन्ने निधो गरें। पसले साहुनी निरा पाण्डे आचार्यले के सामान चाहियो दाई भन्दा मैले रेष्टुरेन्ट खोल्न लागेको, सामान चाहियो भनि प्लेट, कप, थर्मस, हटकेस लगायतका सामानहरु निकाली प्याक गर्न लगाएँ, त्यहि बेला दुई जना महिला र एक जना पुरुष मानिस पसलमा आई ग्यास चुलोको विषयमा सोधपुछ गरी फर्केर गए।
म पसलमै रहेको अवस्थामा एक जना बालक र एक जना बालिकाले निज निरा पाण्डे आचार्यको लागि चिया ल्याई आए पछि साहुनी निरा पाण्डे आचार्यले मलाई दाई चिया खाने भन्दा मैले म खान्न भनेँ। पछि उनैले नै चिया खादै गर्दा चिया लिई आएका बच्चाहरु समेत पसलमै बसि मोबाईल चलाईरहे। मैले सो पसलमा एक छिन सर समान हेरी प्लाष्टिकमा प्याक गर्न लगाउँदासम्म पनि बच्चाहरु पसलबाट बाहिर ननिस्के पछि निरा पाण्डे आचार्यलाई तपाई सामान प्याक गरी दिनुस, म एक छिनमा आउँछु भनि उक्त पसलबाट बाहिर निस्की साईडमा गई चुरोट खाई अन्दाजी ५/६ मिनेटपछि पुनः पसलमा जाँदा निज निरा पाण्डेलाई पसलमा एक्लै देखेँ।
उनको गला (घाँटी) मा रहेको सुनको सिक्री र पसलको सेफमा रहेको पैसा समेत डाँका गरी लिने भनि निरा पाण्डे आचार्यलाई पसलको काउण्टर भन्दा पछाडि पट्टि रहेको र्याकको माथिल्लो भागमा रहेका सरसमान देखाउनु भनेँ। त्यसपछि उनी पसलको काउण्टर पछाडी गई र्याकमा राखिएको समान निकाल्न लाग्दा मैले पछाडि पट्टिबाट पिठ्युमा मुक्काले हानी उनको घाँटीमा रहेको सुनको सिक्री तान्न खोज्दा के गरेको भनि आत्तिई हल्ला गर्न थालिन्।
घटना थाहा भई पक्राउ पर्ने डरले मैले निजलाई अंगालो हाले जसरी अठ्याई निजको मुख थुनि काउण्टर पछाडी भुईमा लडाई सोही पसलमा रहेको धारिलो हतियार (चक्कु)ले पेटको भागमा हानें। चक्कुले प्रहार गर्दा उनले मैले प्रहार गरेको चक्कु छेक्ने क्रममा हातले समाती नछोडेपछि मेरो एउटा हातमा चक्कु भएको र अर्को हातले उनलाई अठ्याई मुख थुनेकोले मैले उनको नाडीको भागमा दाँतले टोक्दा उनले हातमा समातेको चक्कु छोडेकी थिईन।
पछि सोही चक्कुले मैले उनको घाँटी, छाती तथा पेट समेतको भागमा पटक पटक प्रहार गरेपछि उनी रक्ताम्य भई अचेत हुँदा मैले उनेको घाँटीमा रहेको सुनको सिक्री निकाली, काउण्टरको घर्रामा रहेको करिव १२/१३ सय नगद रकम समेत लिएँ।
मैले लगाएको सर्ट तथा निरा पाण्डे आचार्यलाई प्रहार गरेको चक्कुमा समेत रगत लागेकोले उक्त सर्ट खोली सो सर्ट तथा चक्कु समेत मैले बोकी ल्याएको झोलाभित्र हाली झोला बोकी भित्र पट्टि लगाएको कालो रंगको हाफ टि–सर्टमा बाहिर निस्की भाग्ने क्रममा केही परसम्म पैदल हिड्दै गई उक्त स्थानबाट नम्बर एकिन थाहा नभएको ट्याम्पुको अगाडी (चालकको बायाँ) पट्टिको सिटमा बसि चाबेलसम्म आएँ।
-
Uncategorized9 months ago
5 Real Madrid superstars including Benzema could be leaving if Carlo gets sacked
-
Uncategorized8 months ago
Messi-Neymar-Mbappe: Who is the best player at PSG right now ?
-
Uncategorized8 months ago
Ranking top 5 contenders for Ballon d’Or 2023 [February 2023]
-
Uncategorized8 months ago
Lionel Messi regrets one historic moment during FIFA World Cup 2022, reveals himself.
-
Uncategorized9 months ago
These five Premier League players are on best form
-
Uncategorized8 months ago
3 reasons why Barcelona will snatch the league title from Real Madrid this season
-
Uncategorized9 months ago
World cup winning coach Scaloni revealed the country he wants to coach apart from Argentina
-
Uncategorized8 months ago
A month to suffer for liverpool ! What’s in the bag ?