Connect with us

मनोरञ्जन

छोरीकी उमेरकी युवतीसँग आमिरको चक्कर ? विवाहमा ह्याट्रिक ?

Published

on

एजेन्सी – व्यक्तिगत जीवनका कारण बलिउड अभिनेता आमिर खान यति बेला चर्चामा छन्। चलचित्र दंगलमा छोरीको भूमिका निभाएकी अभिनेत्रीसँगको सम्बन्धका कारण आमिर खान चर्चामा आएका हुन्। यति बेला उनको नाम दंगलमा छोरीको भूमिका निभाएकी अभिनेत्री फातिमा सना शेखसँग जोडिएको छ।

दुवैले दंगल पछि ठग्स अफ हिन्दोस्तानमा पनि संगै कम गरेका थिए। त्यस चलचित्र देखि नै दुई प्रेम सम्बन्धमा रहेको चर्चा हुँदै आएको छ। तर अहिले भने दुई बीच विवाह नै हुने चर्चा चलिरहेको छ। भारतीय मिडियाहरुका अनुसार दुई बीच छिट्टै नै विवाह हुन सक्छ।

यसैबीच अहिले दुवै स्टारको एक भिडियो सार्वजनिक भएको छ। सो भिडियोमा दुवै पिकलबल खेल्दै देखिएका छन्। यस भिडियो बाहिर आएसंगै दुई प्रेम सम्बन्धमा रहेको र विवाह गर्ने योजनामा रहेको कुरालाई बढावा पुगेको छ। तर यस विषयमा दुवैले कुनै पनि प्रतिक्रिया जनाएका छैनन्। आउने समयमा दुईले यस विषयमा पक्कै पनि बोल्न सक्छन्।

यस्तै आफूलाई चलचित्र विश्लेषक बताउने केआरकेले ट्वीट गर्दै आमिर खान छिट्टै आफ्नी छोरीको उमेरकी फातिमा सना शेखसँग विवाह गर्दै छन् भन्ने दावी गरेका छन्। उनले लेखेका छन्,”ब्रेकिंग न्यूजः आमिर खान छिट्टै आफ्नी छोरीकी उमेरकी फातिमा सना शेखसँग विवाह गर्न लागेका छन् । आमिर खान आफ्नो फिल्म दंगलको समयदेखि सनालाई डेट गरिरहेका छन्।”

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending