Connect with us

मनोरञ्जन

तस्बिर खिच्न आएका फ्यानलाई अभिनेत्री करीनाले गरिन् यस्तो व्यवहार, भिडियो देखेर फ्यान भएर क्रोधित

Published

on

बलिउड अभिनेत्री करिना कपुर खान आफ्नो स्टाइलका कारण सामाजिक सञ्जालमा प्रायः चर्चामा हुन्छिन्। तर, कयौँ पटक उनी ट्रोलरको सिकार पनि बन्ने गर्छिन्। विशेष गरी जब अभिनेत्रीले कुनै पनि फ्यानसँग फोटो खिच्न अस्वीकार गर्छिन्। यस पटक पनि यस्तै भएको छ। हालै करिना कपुर मुम्बई एयरपोर्टमा देखिएकी थिइन्।

जहाँ एक महिला फ्यान उनीसँग सेल्फी लिन आइन्। तर अभिनेत्रीले फ्यानलाई बेवास्ता गर्दै हिँडेकी छिन्। अहिले यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। अभिनेत्रीलाई उनको यस व्यवहार प्रति मानिसहरूले ट्रोल गरिरहेका छन्।

भाइरल भिडियोमा देख्न सकिन्छ जब करीना कपुर अगाडि बढिरहेकी थिइन्, पछाडि आउने फ्यानलाई उनको सुरक्षा गार्डले रोक्छन्। यसपछि नायिका त्यहाँबाट त्यस दृश्यलाई बेवास्ता गर्दै निस्किन्। यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि करिना कपुरको यस्तो व्यवहार देखेर मानिसहरू आक्रोशित भएका छ। उनले सामाजिक सञ्जालमा अभिनेत्रीको ट्रोल बनाएका छन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending