Connect with us

मनोरञ्जन

कुनै समय बैंकमा काम गर्थे प्रेस रावल, यसरी बने चर्चित कलाकार !

Published

on

बलिउड क्षेत्रमा कमेडीका बादसाह परेश रावल बलिउडका दिग्गज कलाकार मध्येका एक हुन्। उनले आफ्नो हरेक पात्रबाट सबैको मन जितेका छन्। चाहे त्यो कमेडी गर्ने होस् वा खलनायक बनेर मानिसलाई डराउने होस्। आफ्नो मिहिनेत र लगनशीलताले परेशले बलिउड क्षेत्रमा फरक स्थान हासिल गरेका छन्।

अभिनेताले आज आफ्नो ६८ औँ जन्मदिन मनाइरहेका छन्। आफ्नो अभिनयले जादु चलाउने परेश रावलको बारेमा धेरै कमलाई थाहा होला, उनी अभिनय गर्नुअघि बैङ्कमा काम गर्थे । परेश रावल बैंक अफ बडोदामा काम गर्थे। तर उनी आफ्नो कामबाट सन्तुष्ट थिएनन्।

त्यसपछि परेशले फिल्म क्षेत्रमा पाइला राखे र उनी त्यसमा सफल पनि भए। परेश रावलले सन् १९९५ मा फिल्म अर्जुनबाट आफ्नो फिल्मी करियर सुरु गरेका थिए। यस फिल्ममा उनले खल नायकको भूमिका निभाएका थिए, जसको निकै चर्चा भएको थियो।

परेशले अहिलेसम्म २७० फिल्ममा काम गरिसकेका छन्, जसमध्ये करिब १०० फिल्ममा खलनायक बनेका छन्। यसबाहेक परेशले आफ्नो कमेडीबाट पनि सबैलाई प्रभावित पारेका छन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending