Connect with us

मनोरञ्जन

मलाइका आरोडाको गर्भावस्थाको खबरले भड्किए अर्जुन कपुर, दिए यस्तो जवाफ !

Published

on

बलिउड अभिनेता अर्जुन कपुरले मलाइका आरोडा गर्भवती भएको हल्लालाई लिएर फेरी आपत्ति जनाएका छन्। वास्तवमा गत वर्ष नोभेम्बरमा एक मिडिया रिपोर्टमार्फत मलाइका अर्जुनको सन्तानकी आमा बन्न लागेको कुरा बाहिर आएको थियो।

यो रिपोर्टमा यो पनि दाबी गरिएको छ कि दुवै जना सन् २०२२ को अक्टोबरमा लन्डन गएका थिए जहाँ उनीहरूले आफ्ना नजिकका मानिसहरूलाई गर्भावस्थाको बारेमा भनेका थिए।

अहिले अर्जुनले यो सबै विषयमा बोलेका छन्। यस्ता समाचारले आफूलाई कस्तो असर पारेको पनि उनले बताए। अर्जुनले भने, ‘नकारात्मकता फैलाउन सजिलो हुन्छ। पत्रकारसँग कुरा गर्दै अर्जुनले भने, ‘मलाई लाग्छ यो मानिसको ध्यान खिच्ने राम्रो तरिका हो। हामी अभिनेता हौँ, हाम्रो व्यक्तिगत जीवन सधैँ निजी हुँदैन। यदि तपाईं यो पेसामा आबद्ध हुनुहुन्छ भने तपाईंले यो कुरा स्वीकार गर्नुपर्छ। हामी तपाईबाट एउटै अपेक्षा गर्छौँ कि तपाईले बुझ्नुभयो कि हामी पनि मानव हौँ। कसैको बारेमा केही लेख्दै हुनुहुन्छ जुन धेरै महत्त्वपूर्ण हुन सक्छ, कसैको जीवनमा असर पर्ने कुरा कतै पनि लेख्नु हुँदैन।’

मलाइका र अर्जुन करिब ५ वर्षदेखि रिलेशनशिपमा छन्। दुवै एक-अर्कासँग समय बिताएको देख्न सकिन्छ। अर्जुनसँग सम्बन्धमा आउनुअघि मलाइका अरबाज खानकी पत्नी थिइन्। विवाहको १९ वर्षपछि दुवैको सम्बन्ध विच्छेद भएको थियो।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending