मनोरञ्जन
अभिनेता विजय बाने भारतीय फिल्म क्षेत्रको सबैभन्दा महँगो अभिनेता, आगामी फिल्मको लागि लिँदै छन् महँगो फिस!

साउथ सुपरस्टार थलापति विजयले आफ्नो नाममा नयाँ कीर्तिमान दर्ता गरेका छन् । जसपछि बलिउड स्टारहरुले पनि उनलाई पछ्याउन थालेका छन्। अहिले अभिनेताले आफ्नो आगामी फिल्मको लागि लागि मोटो रकम लिएको खबर आएको छ।
मिडिया रिपोर्टमा भनिएको छ कि थलापति विजयले आफ्नो अर्को फिल्मको लागि मोटो रकम लिएका छन्। वास्तवमा, उनले आफ्नो अर्को फिल्मको लागि दक्षिण फिल्म क्षेत्रको लोकप्रिय निर्देशक वेंकट प्रभुसँग हात मिलाएका छन्। थालपथी विजयले यो फिल्मका लागि पूरा २०० करोड भारु लिने खबर सार्वजनिक भएको छ । यो रकम उनलाई एजीएस इन्टरटेनमेन्टले दिने बताइएको छ ।
थलापति विजयको वर्कफ्रन्टको कुरा गर्दा उनी पछिल्लो पटक फिल्म ‘वरिसु’ मा देखिएका थिए । यस फिल्ममा नायिका रश्मिका मन्डन्नाको अभिनय रहेको थियो । यो फिल्म जनवरी २०२३ मा रिलिज भएको थियो जसले बक्स अफिसमा राम्रो व्यापार गरीको थियो। अब थलापति विजय निर्देशक लोकेश कनागराजको फिल्म ‘लियो’ मा काम गर्ने भएका छन् । फिल्म ‘लियो’ मा थलापथी विजयका अलावा सञ्जय दत्त र त्रिशा कृष्णनको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
-
Uncategorized9 months ago
5 Real Madrid superstars including Benzema could be leaving if Carlo gets sacked
-
Uncategorized8 months ago
Messi-Neymar-Mbappe: Who is the best player at PSG right now ?
-
Uncategorized8 months ago
Ranking top 5 contenders for Ballon d’Or 2023 [February 2023]
-
Uncategorized8 months ago
Lionel Messi regrets one historic moment during FIFA World Cup 2022, reveals himself.
-
Uncategorized9 months ago
These five Premier League players are on best form
-
Uncategorized8 months ago
3 reasons why Barcelona will snatch the league title from Real Madrid this season
-
Uncategorized9 months ago
World cup winning coach Scaloni revealed the country he wants to coach apart from Argentina
-
Uncategorized8 months ago
A month to suffer for liverpool ! What’s in the bag ?