Connect with us

मनोरञ्जन

आदिपुरुषको तहल्का, रिलिज हुनु भन्दा अगाडी नै कमायो कसैले नसोचको रकम ! कति ?

Published

on

एजेन्सी – प्रभास र कृति सेननको मुख्य भूमिका रहेको ‘आदिपुरुष’ अबको दुई साता भन्दा कम समयमा रिलिज हुँदैछ। चलचित्र यो साता सकिएपछि अर्को शुक्रबार रिलिज हुनेछ। प्रभास, कृति सेनन र सैफ अली खानको मुख्य भूमिका रहेको चलचित्र रामायणमा आधारित रहेको छ।

विभिन्न भारतीय मिडियाहरुका अनुसार यो चलचित्र भारतीय चलचित्र इतिहाँसकै सर्वाधिक महँगो चलचित्र रहेको छ। चलचित्रको बजेट ५ सय करोड भारतीय रुपैंयाँ रहेको बताइएको छ। अहिले सम्म यत्रो बजेट खर्च गरेर भारतमा कुनै पनि चलचित्र बनाइएको छैन।

यसैबीच चलचित्रले रिलिज हुनु अगाडी नै आफ्नो लगानीको धेरै रकम कमाइसकेको छ। चलचित्रले रिलिज हुनु अगाडी नै कुल बजेटमध्ये ८५ प्रतिशत रकम कमाउन सफल भएको भारतीय मिडियाहरुले जनाएका छन्। फिल्मले रिलिज अघि नै ४ सय ३२ करोड सुरक्षित गरिसकेको बताइएको छ।

खबरका अनुसार चलचित्रले नन थिएट्रिकल रेवेन्यू, जसमा सेटलाइट राइट्स, म्युजिक राइट्स, डिजिटल राइट्स र अन्य राइट्स गरेर २ सय ४७ करोड कमाइसकेको छ। त्यस्तै दक्षिण भारतबाट फिल्मले १ सय ८५ करोड पाउने सम्झौता भइसकेको छ। दक्षिण भारतका वितरकले यो फिल्मलाई मिनिम ग्यारेन्टीमा १ करोड ८५ लाख दिने भएका छन्।

अब चलचित्रले लगानी उठाउन ६८ करोड मात्र बाँकी छ। चलचित्रले आक्रामक ओपनिङ गर्ने रिपोर्टहरु बाहिर आइरहेका छन्। चलचित्रले १ सय करोड कमाउन केहि दिन मात्र लगाउने बक्स अफिस जानकारहरुको दावी छ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending