Connect with us

मनोरञ्जन

बक्स अफिसमा ‘जारी’को चमत्कार, बनायो कुनै चलचित्रले बनाउन नसकेको रेकर्ड !

Published

on

काठमाडौँ – नेपाली चलचित्र ‘जारी’ले नयाँ रेकर्ड बनाएको छ। निरन्तर दर्शकको साथ पाउँदै ५१ दिन मनाएको चलचित्रले नयाँ रेकर्ड बनाएको हो। चलचित्रले सबै भन्दा धेरै हलमा ५१ दिन सम्म टिक्ने चलचित्रको रेकर्ड बनाएको छ। चलचित्र निर्माण पक्षका अनुसार चलचित्रले देशभरका २९ हलहरुमा ५१ औं दिन मनाएको छ।

चलचित्रले उपत्यकाबाहिर ११ वटा र उपत्यकाभित्र १८ वटा गरी २९ वटा हलमा प्रदर्शनरत रहँदै ५१औं दिन यात्रा पूरा गरेको चलचित्र निर्माण पक्षले जनाएको छ। अहिले सम्म कुनै पनि नेपाली चलचित्रले यति धेरै हलमा ५१ दिन मनाउन सफल भएको थिएन।

यस भन्दा अगाडी अन्य चलचित्रहरुले दर्जन हाराहारी हलहरुमा ५१ दिन मनाएको पाइन्छ। तर जारीले भने २ दर्जन भन्दा बढी हलहरुमा ५१ दिन मनाउन सफल भएको छ। चलचित्र गत वैशाख १ गतेबाट प्रदर्शनमा आएको हो। अहिले सम्म चलचित्रले १६ करोड ७५ लाख ग्रस कमाई गरिसकेको छ।

चलचित्र नेपालमा मात्र नभई नेपाल बाहिर पनि प्रदर्शन भइरहेको छ। चलचित्र अहिले जापान, हङकङ, बेलायत, अमेरिका, अष्ट्रेलिया जस्ता देशहरुमा प्रदर्शन भइरहेको छ। विदेशमा अहिले सम्म चलचित्रले दर्जन भन्दा बढी शो आयोजना गरिसकेको छ। चलचित्रमा दयाहाङ राई र मिरुना मगरको मूख्य भूमिका छ। त्यस्तै विजय बराल, प्रेम सुब्बा, पुष्कर गुरुङ, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बुको पनि अभिनय देख्न पाइन्छ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending