Connect with us

मनोरञ्जन

धर्म फरक भएको कारण शाहरुख र गौरी विवाहको भएको थियो विरोध, घारमा हानेका थिए ढुङ्गा!

Published

on

बलिउड अभिनेता शाहरुख खान र उनकी श्रीमती गौरीको प्रेम कहानी कुनै रोमान्टिक बलिउड फिल्म भन्दा कम छैन। सम्बन्धको सुरुवातमा शाहरुख खानलाई गौरीको परिवारबाट अस्वीकार भएको थियो।

धर्म फरक भएको कारण गौरीको परिवार यो सम्बन्धका लागि तयार थिएनन् र पछि केही धार्मिक संगठनले पनि यी दुईबिचको सम्बन्धको विरोध गरेका थिए ।

शाहरुख खानले बीबीसीलाई दिएको अन्तर्वार्तामा यो कुरा बताएका हुन्। शाहरुखले गौरीका आमाबुवाको ठाउँमा आफू पनि भएको भए आफ्नी छोरीको विवाह त्यस्तो व्यक्तिसँग नगर्ने बताएका थिए। उनले भने, ‘अहिले म राम्रो देखिन्छु, सूट लगाउँछु, कपाल पनि बाँधिएको छ।

तर त्यतिबेला मेरो कपडा, हुलिया राम्रो थिएन र म पनि अर्कै धर्मको थिएँ। मलाई अभिनेता बन्ने रहर थियो। अनेल कुरापछि गौरीको परिवारले विवाह गर्न राजी भए । तर शाहरुख र गौरीले धेरै समस्याको सामना गर्नु परेको थियो। उनीहरू दुवैले विवाह दर्ताका लागि आवेदन दिन लागेको थाहा पाएपछि उनीहरूले अभिनेताको घरबाहिर हंगामा मच्चिएको अभिनेताले बताए।

शाहरुख र गौरीको धर्म फरक भएको कारण मानिसहरू उनीहरूको विवाह हुन् नदिन अनेक हर्कत गरिरहेका थिए। त्यस सममयमा केही मानिसले घरबाहिर विरोध प्रदर्शन गरेको अभिनेताले बताए। तर सौभाग्यवश शाहरुख खानको घर बाहिर नामको प्लेट थिएन त्यसैले उनले आफ्नो साथीको ठेगाना दिएका थिए।

त्यसैले उनको घरमा ढुङ्गा हान्नको सट्टा साथीको घरमा मानिसहरूले ढुङ्गा हाने। जसरी शाहरुख र गौरीले गोप्य रुपमा विवाह गरेका थिए। शाहरुख खान र गौरी खानको विवाह २५ अक्टोबर १९९१ मा भएको थियो। उनीहरूको विवाह ३१ वर्ष भइसकेको छ र तीन सन्तान आर्यन, सुहाना र अबराम खानका अभिभावक हुन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending