admin

प्रधानमन्त्री देउवाको भारत भ्रमण : द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन फलदायी

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको छिमेकी मित्रराष्ट्र भारत भ्रमण दुई देशबीच रहिआएको सहयोगात्मक सम्बन्ध अझ प्रगाढ बनाउन फलदायी भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नयाँदिल्लीको हैदरावाद हाउसमा आफ्ना समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्नुभएको थियो । सो …

प्रधानमन्त्री देउवाको भारत भ्रमण : द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन फलदायी Read More »

मतदाता नामावलीमा नाम भए, नभएको कसरी हेर्ने ? (तरिकासहित)

काठमाडौं :  सरकारले सोमबार स्थानीय तहको चुनाव वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरेको छ। जनताले पहिलो पटक पाँच वर्षअघि स्थानीय सरकार पाएका हुन्। सिंहदरबारमा केन्द्रित अधिकार गाउँघरमै पुगेको छ। स्थानीय तहले छोटै समयमा संघीयता संरचनाको आभाष दिलाएका छन्। अधिकारहरू विकेन्द्रीकृत रूपमा प्रत्यायोजन भएका छन्। 

बढ्यो सुनको मूल्य : तोलाको कति पुग्यो?

काठमाडौं : सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर शुक्रबार एक लाख ९०० तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख ३०० मा कारोबार भएको थियो।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४०० छ। यसको मूल्य बिहीबार प्रतितोला ९९ हजार ८०० थियो। त्यस्तै  चाँदीको …

बढ्यो सुनको मूल्य : तोलाको कति पुग्यो? Read More »

मधेशका तीन जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या शून्य

जनकपुरधाम : मधेश प्रदेशमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । नयाँ कोरोना संक्रमित घट्दै गएपछि मधेश प्रदेशको तीन जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनाएको छ । मधेसको सप्तरी, सर्लाही र रौतहटमा कोरोना सक्रिय संक्रमितको संख्या शून्यमा झरेको निर्देशक विजय कुमार झाले जानकारी दिए । मधेशमा हाल १४३ जना कोरोनाको सक्रिय …

मधेशका तीन जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या शून्य Read More »

सन्दीप सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो क्रिकेटर

काठमाडौँ । कप्तान सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन् । शनिवार कीर्तिपुरस्थित टीयू मैदानमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध १ विकेट लिएपछि सन्दीपले ५० विकेटको कोशेढुंगा पार गरेका हुन् । सन् २०१८ मा एक दिवशीय मान्यता पाएयता खेलेका २२ खेलमध्ये २१ इनिङ्समा सन्दीपले ५० विकेट पूरा गरेका हुन् । २१ मध्ये २ खेलमा …

सन्दीप सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो क्रिकेटर Read More »

निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । ललितपुरको पाटनस्थित पुनः निर्माण गरी बनाइएको भिमसेन मन्दिरको उद्घाटन गर्दै उनले तोकिएको समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक तयारी थालेको बताएका हुन् । प्रधानमन्त्री देउवाले अहिलेको सरकारलाई तीनै तहको निर्वाचन गर्ने कार्यभारसमेत रहेको उल्लेख गर्दै भयरहित, स्वच्छ …

निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा Read More »

अब एनआरएनएमा ३ जना अध्यक्ष बन्ने निश्चित

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) मा तीन जना अध्यक्ष बन्ने निश्चित भएको छ । एनआरएनएको दशौँ महाधिवेशनमा अध्यक्ष कुमार पन्तले राखेको प्रस्ताव हलबाट पारित भएसँगै तीन जना अध्यक्ष बन्ने निश्चित बनेको हो । शनिवारदेखि ललितपुरस्थित होटेल हिमालयमा सुरु भएको महाधिवेशनले नेतृत्व छान्न ७ जनाको अध्यक्ष मण्डल कमिटी गठन गर्ने प्रस्ताव पनि पारित गरेको …

अब एनआरएनएमा ३ जना अध्यक्ष बन्ने निश्चित Read More »