HOMEPAGE
१२ श्रावण २०८१, शनिबार

खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता : अनिशालाई स्वर्ण

काठमाडौँ, २५ वैशाख ः सशस्त्र प्रहरी बल (एपीएफ)का अनिशा तामाङले १८ औँ राष्ट्रिय पुरुष तौल समूह तथा १७ औँ राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिताको महिला खुला तौल समूहमा आज स्वर्ण पदक जितेकी छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको फाइनलमा अनिशाले आफ्नै क्लबकी सुमित्रा नगरकोटीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन । नेपाल क्योकुसिन कराते डो सङ्घ वज्रद्वारा आयोजित प्रतियोगिताको पुरुष ५० केजीमा आयोजक वज्रका विज्ञान तोलोङगी पहिलो भए । उनले फाइनलमा वज्रकै हेमन बस्नेतलाई हराए । पुरुष ६० केजीमुनि फाइनलमा नेपाल आर्मीका प्रवीण माझीले आर्मीकै केशरबहादुर नेपालीलाई पाखा लगाउँदै स्वर्ण हात पारे ।

पुरुष ७० केजीमुनि आर्मीका सनीसिंह सुनार शीर्ष स्थानमा रहे । उनले फाइनलमा आयोजक वज्रका विकास शाहीलाई पन्छाए । पुरुष ७० केजीमाथि आइकेओका अमित महर्जनले फाइनलमा एपीएफका पेम्बा छिरि तामाङको चुनौती पन्छ्याउँदै स्वर्ण जिते ।

हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः रु १० हजार, पाँच हजार र दुई हजार पाँच सय नगद पुरस्कार प्राप्त गरे । विजेतालाई आयोजक वज्रका अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो । दुई दिने उक्त प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी र एपीएफ गरी नौ टोलीका ८० खेलाडी सहभागी थिए ।

प्रतिकृया

Leave A Reply

सम्बन्धित समाचार

सम्पर्क

सूचना विभाग दर्ता नम्बर : 000 / 0000/000
मोबाइल : ९८0000000 / ९८00000000
इमेल :lekhpatraofficial@gmail.com
काठमाडौँ महानगरपालिका 

हाम्रो टिम

अध्यक्ष:
सल्लाहकार सम्पादक :
सम्पादक:

ताजा समाचार

चर्चित