HOMEPAGE
१२ श्रावण २०८१, शनिबार

पश्चिम नवलपरासीमा चट्याङ लागेर महिलाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापश्चिम), २६ वैशाखः पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुस्ता गाउँपालिका–५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

मङ्गलबार बिहान ११ बजे चलेको हुरीबतासको समयमा उनी बगैँचातिर गएको समयमा चट्याङ लागेको प्रहरी निरीक्षक श्यामप्रकाश यादवले बताउनुभयो । गाउँभन्दा बाहिरको आँपको रुखमुनि उहाँको शव सोही दिन अपराह्न फेला परेको हो । उहाँका दुई छोरा र एक छोरी छन् ।मृतकका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा हुनुहुन्छ ।

प्रतिकृया

Leave A Reply

सम्बन्धित समाचार

सम्पर्क

सूचना विभाग दर्ता नम्बर : 000 / 0000/000
मोबाइल : ९८0000000 / ९८00000000
इमेल :lekhpatraofficial@gmail.com
काठमाडौँ महानगरपालिका 

हाम्रो टिम

अध्यक्ष:
सल्लाहकार सम्पादक :
सम्पादक:

ताजा समाचार

चर्चित