HOMEPAGE
१२ श्रावण २०८१, शनिबार

दक्षिण कोरियामा चार कार निर्माताद्वारा करिब आठ हजार गाडी फिर्ता

दक्षिण कोरियाका चार स्थानीय र विदेशी कार निर्माताहरूले उत्पादनमा त्रुटि भएका कारण करिब सात हजार सात सय सवारी साधन स्वेच्छाले फिर्ता बोलाउने भएको यातायात मन्त्रालयले बुधबार जनाएको छ ।

भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार हुन्डाई मोटरले एभान्टे सेडानसहित पाँचवटा विभिन्न मोडलका चार हजार एक सय १८ एकाइ फिर्ता बोलाउनेछ । यसमा निकास ग्यास रिसर्कुलेशन (इआरजी) भल्भ पावर युनिटमा त्रुटि देखिएको छ । उक्तm त्रुटिका कारण गाडी चलाउँदा इन्जिन रोकिन सक्छ ।

किया कर्पोरेशनले के–३ सेडानसहित तीनवटा मोडेलका दुई हजार छ सय ५८ एकाइ हुन्डाई गाडीहरू जस्तै उत्पादनमा त्रुटिको लागि फिर्ता गर्नेछ ।

जगुआर ल्यान्ड रोभर कोरियाले नयाँ रेन्ज रोभर स्पोर्ट पी–३६० जस्ता दुई मोडलका तीन सय २९ एकाइमा रियर लाइट इलुमिनेसन डिभाइसको कमजोर फिक्सेसनको मर्मत गर्नेछ ।

भक्सवागन समूह कोरियाले टोवारेग ३ ३.० टिडिआई को छ सय २३ एकाइमा सुधारात्मक कारबाही गर्नेछ । यो मोबाइल अनुप्रयोगहरूमा सफ्टवेयर त्रुटिका कारण रिमोट स्वचालित पार्किङको समयमा खराबी हुन सक्छ ।

सवारी साधन मालिकहरूले मर्मत र सेवा केन्द्रहरूमा गएर दोषपूर्ण पार्टपुर्जाहरू निःशुल्क बदल्न सक्छन् ।

प्रतिकृया

Leave A Reply

सम्बन्धित समाचार

सम्पर्क

सूचना विभाग दर्ता नम्बर : 000 / 0000/000
मोबाइल : ९८0000000 / ९८00000000
इमेल :lekhpatraofficial@gmail.com
काठमाडौँ महानगरपालिका 

हाम्रो टिम

अध्यक्ष:
सल्लाहकार सम्पादक :
सम्पादक:

ताजा समाचार

चर्चित